२०८१ फागुन १९, सोमवार , ०५:३१:५६ बजे

Sajhamanch
'

बोलिभियामा दुई वटा बस ठोक्किंदा कम्तीमा ३७ जनाको ज्यान गयो

आइतवार, फागुन १८, २०८१

झापा । बोलिभियामा दुई वटा यात्रुबाहक बस ठोक्किंदा आठ नाबालकसहित कम्तीमा ३७ जनाको ज्यान गएको छ । उयुनी सहर नजिकै भएको दुर्घटनामा अरू ४१ जना घाइते भएका र उनीहरुलाई उपचारका लागि अस्पताल पुर्‍याएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै समाचारसंस्था एएफपीले जनाएको छ ।

बोलिभियाको सरकारी समाचार एजेन्सी एबीआईले एउटा बसका चालकले रक्सी खाएर तिब्र गतीमा गाडी चलाउँदा फरक लेनमा पुगेर अर्को गाडीसँग ठोक्किएको उल्लेख गरेको छ । गम्भिर अवस्थामा रहेको चालकको स्वास्थ्य परीक्षण गर्दा रक्सी खाएको पुष्टि भएको हो ।

बोलिभियाका घुमाउरो पहाडी सडकहरू अत्यन्तै घातक मानिन्छन् । सरकारी तथ्याङ्कअनुसार झन्डै एक करोड २० लाख जनसङ्ख्या भएको देशमा गाडी दुर्घटनाबाट हरेक वर्ष औसत एक हजार ४०० जनाको ज्यान जाने गरेको छ । दुई हप्ता अघि पनि बोलिभियामा यात्रुबाहक बस ८०० मिटर गहिरो खोलामा खस्दा कम्तीमा ३० जनाको ज्यान गएको थियो ।

सम्बन्धित खबर