२०८१ फागुन १९, सोमवार , ११:०५:५९ बजे

Sajhamanch
'

इलाममा सुतेकै ठाउँमा एक कामदार मृत फेला

आइतवार, फागुन १८, २०८१

झापा । इलाममा पुल निर्माणमा कार्यरत एक कामदार सुतेकै ठाउँमा मृत फेला परेका छन् ।

इलाम रोङ– ३ काजीटारमा पुल निर्माणको काम गर्ने उदयपुरका २४ वर्षीय सबिन खड्का कटेरोभित्र मृत फेला परेका हुन् ।

गएराति ११ बजे कटेरोमा बसेर खड्काले मादक पदार्थ सेवन गरेका थिए । बाहिर निस्केकोमा उनका साथी नेपालसिंह कुरुम्बाङले बोलाउँदा नबोलेपछि बाहिर निस्केर हेर्दा कटेरोको ढोका अगाडी खड्का मृत फेला परेको प्रहरीले जनाएको छ ।

उनले विगत चार दिनदेखि पुल निर्माणको काम गर्दै आएका थिए । प्रहरी चौकी हर्कटेबाट प्रहरी टोली खटिएर घटनास्थल सुरक्षित राखेको जनाइएको छ ।

सम्बन्धित खबर