२०८१ फागुन १९, सोमवार , ११:५५:०८ बजे

Sajhamanch
'

इलामको कर्फोकमा गुञ्जियो ‘कन्दरा’

आइतवार, फागुन १८, २०८१

इलाम । लोकप्रिय लोकपप सांगीतिक समूह ‘कन्दरा’ पहिलोपटक इलामको कर्फोकमा गुञ्जिएको छ । राती ११ बजेसम्म ६ हजार दर्शकको उपस्थितीमा ब्याण्डले सांगीतिक जादू छर्‍यो ।

चिसो मौसमको पर्वाह नगरी दर्शकले सुरुदेखि अन्तिमसम्म ब्याण्डका हिट गीतमा झुम्दै साथ दिए । कन्सर्टमा सहभागि हुन इलामसहित वरपरका छिमेकी जिल्लासहित भारतका दार्जिलिङ, सिक्किम लगायतका थलोबाट समेत दर्शक कर्फोकमा पुगेका थिए ।पुराना दर्शक मात्र होइन, १३र१४ वर्ष उमेरका समूहका दर्शकले समेत कन्दराको गीतहरू गाएर साथ दिए । पुरानो पुस्ताको नस्टाल्जिया र नयाँ पुस्ताको उत्साहको सम्मिश्रणले उक्त सांगीतिक रातलाई झन् अविस्मरणीय बनायो ।

कार्यक्रममा ‘तिमी पारि’, ‘तगारोमा रुमाल’, ‘बिचरा म’, ‘हङकङ पोखरा’जस्ता कालजयी पप गीतहरू गुञ्जिँदा दर्शक झुमिरहेका थिए । सांगीतिक यात्रामा कन्दराले ३२ वर्ष पार गरिसकेको भए तापनि, यसको लोकप्रियता अझै उच्च विन्दुमा छ भन्ने कुरा कर्फोकको भीडले पुष्टि गर्‍यो ।

सम्बन्धित खबर