
झापा । इजरायली सेनाले आफ्नो गलत अनुमानका कारण सन् २०२३ अक्टोबर ७ मा प्यालेस्टिनी लडाकू समूह हमासले आतङ्कवादी हमला गरेको दाबी गरेको छ ।
इजरायली सेनाले अक्टोबर ७ मा भएको आक्रमणको बारेमा पहिलो रिपोर्ट प्रकाशित गर्दै घटनाबारेमा जानकारी गराएको बीबीसीले जनाएको छ ।
यो प्रतिवेदनमा इजरायली रक्षा बल (आईडीएफ) इजरायलका नागरिकको सुरक्षा गर्ने आफ्नो मिसनमा असफल भएको उल्लेख छ ।
१९ पृष्ठको प्रतिवेदनमा पहिले नै थाहा भइसकेको धेरै कुराहरू समावेश छन् । इजरायली सेनाले हमासको क्षमतालाई कम आँकलन गरेको खबरमा उल्लेख छ ।
प्रतिवेदनका अनुसार इजरायली सेनाले हमासले गाजामा मात्र शासन गर्न चाहेको मूल्याङ्कन गरेको थियो । आफूसँग लड्नु हमासको उद्देश्य नभएर आँकलन गर्नु इजरायली सेनाले गल्ती भएको प्रतिवेदनमा उल्लेख छ ।
यो प्रतिवेदनपछि प्रधानमन्त्री बेन्जामिन नेतन्याहुमाथि हमलाअघि लिएका राजनीतिक निर्णयहरूको छानबिन गर्न दबाव पर्ने अनुमान गरिएको छ ।
हमास र अन्य प्यालेस्टिनी समूहहरूबाट झन्डै पाँच हजार जना बन्दुकधारीले सन् २०२३ अक्टोबर ७ मा इजरायमा आक्रमण गर्दा एक हजार २०० जनाको ज्यान गएको थियो भने २५१ जनालाई बन्धक बनाइएको थियो ।
यो आक्रमणपछि इजरायलले गाजामा कारबाही गरेको थियो । इजरायली आक्रमणका कारण गाजाबाट २१ लाख जनाभन्दा धेरै मानिस विस्थापित भएका थिए भने ४० हजार जनाभन्दा धेरैको ज्यान गएको थियो ।