
झापा । इलाममा खनिउको रुखबाट लडेर एकजनाको मृत्यु भएको छ ।
फागुन २ गते खनिउको रुखबाट लडेर घाइते भएका इलाम देउमाई नगरपालिका वडा नं. ४ याक्सी बस्ने ४९ वर्षीय कमल खनालको उपचारका क्रममा आज मृत्यु भएको हो ।
घाइतेलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोडमा भर्ना गरिएकोमा उपचाका क्रममा आज विहान ९ बजे मृत्यु भएको इलाम प्रहरीले जनाएको छ ।