२०८१ फागुन १४, बुधवार , ११:१३:२६ बजे

Sajhamanch
'

इन्डोनेसियामा ६.१ म्याग्निच्युडको भूकम्प

बुधवार, फागुन १४, २०८१

काठमाडौँ । इन्डोनेसियामा भूकम्प गएको छ । आज बिहान ७ः१० बजे सुलावेसी टापु नजिक ६ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको हो ।

जसको केन्द्रबिन्दु उत्तरी सुलावेसी प्रान्त नजिकैको समुद्रमा १० किलोमिटर (६ दशमलव २ माइल) गहिराइमा रहेको बताइएको छ ।

भूकम्पको धक्काले सर्वसाधारणमा त्रासको वातावर सृजना भएको छ । यद्यपि यस भूकम्पका कारण मानवीय क्षतिको विवरण प्राप्त भएको छैन ।

विगत केही दिनदेखि हरेक दिन कतै कतै भूकम्पको धक्का महसुस भइरहेको भए पनि हालसम्म कुनै पनि मानवीय तथा भौतिक क्षति हुन पाएको छैन ।

सम्बन्धित खबर