
काठमाडौं । गायिका अस्मिता अधिकारी र गायक महेश काफ्लेले फागुन २२ गते लगनगाँठो कस्ने भएका छन् । असारमा यी दुईले दुबईमा इन्गेजमेन्ट गरेका थिए ।
उनीहरू लामो समयदेखि प्रेम सम्बन्धमा छन् । ‘हो हामी विवाहको तयारीमा छौं, यही फागुन २२ गते विवाह गर्न लागेका हौं’ मिडिया कुराकानीमा महेशले भनेका छन् ।काठमाडौंमा विवाह समारोह आयोजना हुने बुझिएको छ ।
प्रेम चर्चालाई साकार तुल्याउँदै यी दुईले दुबईस्थित संसारको अग्लो टावर ‘बुर्ज खलिफा’मा इन्गेजमेन्ट गरेका थिए । सामाजिक सञ्जालमार्फत् फोटो सेयर गर्दै उनीहरूले गायनसँगै जीवनको सहयात्रा सुरू गरेको बताएका थिए ।यी दुईले केही गीतमा सहकार्य समेत गरेका छन् । कतिपय कन्सर्टमा एकसाथ प्रस्तुति पनि दिएका छन् । काठमाडौं महानगरले स्थापना दिबसको अवसरमा टुँडिखेलमा गरेको सांगीतिक कार्यक्रममा उनीहरूले प्रस्तुति दिए ।अस्मिता र महेश अहिले रुचाइएका संगीतकर्मीमध्ये पर्छन् ।