२०८१ फागुन १३, मङ्गलवार , १०:०९:३८ बजे

Sajhamanch
'

म्याग्दीमा केही मिनेटको अन्तरमा दोस्रो भूकम्प

मङ्गलवार, फागुन १३, २०८१

काठमाडौँ । म्याग्दी केन्द्रबिन्दु भएर मंगलबार बिहान केही मिनेटको अन्तरमा लगातार दुईवटा भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जिल्लाको मुरी केन्द्रबिन्दु भएर बिहान ९ बजेर २६ मिनेट जाँदा दोस्रो भूकम्प गएको हो । यसको तीव्रता ३ दशमलव ६ म्याग्निच्युड रहेको थियो ।

यसअघि बिहान ९ बजेर १८ मिनेट जाँदा जिल्लाको मुना केन्द्रबिन्दु भएर भूकम्प गएको थियो । सो भूकम्पको तीव्रता ३ दशमलव ५ म्याग्निच्युड रहेको थियो ।

सोमबार बिहान पनि लमजुङ केन्द्रबिन्दु भएर भूकम्प गएको थियो । मस्र्याङ्दी गाउँपालिका–२ घनपोखरीस्थित खुदिखोला आसपास केन्द्रबिन्दु भएर गएको सो भूकम्पको तीव्रता ३।१ म्याग्निच्युड रहेको थियो । भूकम्पको धक्का जिल्लाका विभिन्न ठाउँमा महसुस गरिएको थियो ।

मङ्गलवार, फागुन १३, २०८१ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर