२०८१ फागुन १२, सोमवार , १०:४६:३४ बजे

Sajhamanch
'

बाग्लुङको ढोरपाटनमा यस वर्षको पहिलो हिमपात

सोमवार, फागुन १२, २०८१

बाग्लुङ । बाग्लुङको ढोरपाटनमा यस वर्ष पहिलो पटक हिमपात भएको छ । लामो समयको खडेरीपछि हिजो बेलुकीदेखि वर्षासँगै हिमपात भएको हो । हिमपातका कारण यसक्षेत्रमा चिसो बढेको छ ।

हिमपात भएपछि बालीनाली फस्टाउने आशामा किसान हर्षित भएका छन् । हिमपातले ढोरपाटन उपत्यकासहित आसपासका क्षेत्र सेताम्य भएको ढोरपाटन सिकार आरक्षका रेन्जर विनोद विकले जानकारी दिए ।

हिमपातले गर्दा घोडा खच्चड तथा वस्तुभाउलाई घाँस दान हाल्नसमेत गाह्रो भएको ढोरपाटन नगरपालिका–९ का प्रेमबहादुर घर्तीमगरले बताए । गएको महिना सामान्य वर्षा भए पनि हिमपात हुन सकेको थिएन । वर्षासहितको हिमपातले बालीनाली राम्रो हुने घर्तीमगर बताउछन् ।

सम्बन्धित खबर