
झापा । क्रिस्चियन धर्मगुरु पोप फ्रान्सिसको अवस्था जटिल भएको छ । ८८ वर्षीय पोप फ्रान्सिसको फोक्सोमा निमोनिया भएपछि केहीदिन अघि रोमको जेमेली अस्पताल भर्ना गरिएको थियो । अवस्था गम्भीर रहेको र खतरामुक्त हुन नसकेको अस्पतालले जनाएको छ ।
भ्याटिकनले पोप फ्रान्सिसको छातीमा निमोनिया देखिएको जनाएको छ । पोप रोमन क्याथलिक समुदायका धर्मगुरु हुन । भ्याटिकनले दिएको जानकारी अनुसार उनी अधिक अस्वस्थ भएपछि रगत दिइएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।