२०८१ फागुन ९, शुक्रवार , ११:११:५२ बजे

Sajhamanch
'

रुस–युक्रेन युद्ध रोकिने आशा बढ्यो : अमेरिकी राष्ट्रपति ट्रम्प

बुधवार, फागुन ७, २०८१

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस–युक्रेन युद्ध रोक्न युक्रेन असफल भएकै कारण अमेरिका अघि सर्नुपरेको बताएका छन् ।

साउदी अरबमा भएको रुस–अमेरिका वार्तामा आफूलाई नबोलाएको भन्दै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आपत्ति जनाएपछि त्यसको जवाफमा ट्रम्पले युद्धका तीन वर्ष र युद्ध शुरू हुनुअघि समेत युक्रेनलाई अवसर भए पनि त्यसको उपयोग गर्न नसकेको बताए।

रुस–युक्रेन युद्ध अर्थहीन रहेको भन्दै ट्रम्पले रुसले यो युद्ध अन्त्य गर्न चाहेको उल्लेख गरे। साउदी अरबमा हिजो भएको वार्ताबाट आफू निकै आशावादी भएको उनको भनाइ छ ।

साउदी अरबमा चार घण्टाभन्दा बढी समय चलेको वार्तापछि अमेरिका र रुस चार वटा मुख्य सिद्धान्तमा सहमत भएका छन् । जसमा युक्रेनमा द्वन्द्वको अन्त्यका लागि काम गर्ने र सबै पक्षलाई स्वीकार्य हुने गरी उच्चस्तरीय वार्ता टोली गठन गर्ने रहेको छ ।

यस्तै आणविक शक्ति र संयुक्त राष्ट्र सुरक्षा परिषद्का स्थायी सदस्यहरूका रूपमा शान्ति र सुरक्षाका मुद्दाहरूमा रुस र अमेरिकाको विशेष जिम्मेवारीको बारेमा सचेत रहँदै दुवै देश अन्य अन्तर्राष्ट्रिय मुद्दाहरूमा छलफल गर्न पनि सहमत भएका छन् ।

सम्बन्धित खबर