२०८१ पौष २३, मङ्गलवार , ०४:४६:४६ बजे

Sajhamanch
'

दुर्गेश्वरी कृषि सहकारी संस्थाको वार्षिक साधारणसभामा प्रारम्भिक सदस्यहरु सम्मानित

शुक्रवार, पौष १९, २०८१

मेचीनगर । मेचीनगर ८ स्थित दुर्गेश्वरी कृषि सहकारी संस्थाको १६औं वार्षिक साधारणसभा आज शुक्रबार सम्पन्न भएको छ ।

उक्त वार्षिक साधारणसभाको उद्घाटन मेचीनगर नगरपालिकाका उपप्रमुख मीना पोख्रेल उप्रेतीले गरेकी हुन् ।

कार्यक्रममा उपप्रमुख उप्रेती, मेचीनगर ८ का वडाध्यक्ष गिरीराज धमला, बचत तथा ऋण सहकारी संघ झापाका उपाध्यक्ष विपी भट्टराई, बिन्ती बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दशरथ खडियालगायतले मन्तव्य राखेका थिए ।

संस्थाका उपाध्यक्ष सन्तोष मेचेले अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा लेखा प्रतिवेदन तथा संस्थाको आयव्यय प्रतिवेदन व्यवस्थापक गंगाप्रसाद मेचेले प्रस्तुत गरेका थिए ।

संस्थाले साधारणसभाको अवसरमा संस्थाका संस्थापक सदस्यहरूलाई नगदसहित दोसल्ला ओढाएर सम्मान पत्रले सम्मान गरिएको थियो ।

त्यस्तै सोही क्षेत्रबाट समानुपातिक कोटा तर्फबाट संविधान सभा सदस्य रहेका चन्द्रलाल मेचेलाई सम्मान गरिएको थियो । उक्त सम्मान पत्र उनको परिवारले बुझेका थिए ।

२०६५ सालमा ३५ जना सदस्य र २० हजार नगदबाट सुरू गरिएको सहकारी संस्थामा अहिले १ हजार ९३९ जना शेयर सदस्य पुगिसकेका छन् । स्थापना कालदेखि नै ग्रामीण क्षेत्रलाई आफ्नो कार्यक्षेत्र बनाएर कार्य सम्पादन गरिरहेको सो संस्थाको कुल कारोबार ५ करोड ९ लाख २४ हजार ६७१ रूपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ ।

संस्थाको अध्यक्ष खिला मेचेको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत लेखा समिति सदस्य लक्ष्मी अधिकारीले गरेकी थिइन् भने कार्यक्रम सञ्चालन सचिव रेवन्तराज पोख्रेल (अर्जुन)ले गरेका थिए ।

संस्थाले आजै आगामी कार्याकालको लागि नयाँ नेतृत्वसमेत चयन गरेको जनाइएको छ ।

सम्बन्धित खबर