२०८१ माघ ७, सोमवार , १२:१०:५८ बजे

Sajhamanch
'

अमेरिकामा इतिहासकै सबैभन्दा धेरै विस्फोटक पदार्थ बरामद

बुधवार, पौष १७, २०८१

झापा । अमेरिकी अनुसन्धान एजेन्सी ‘फेडरल ब्युरो अफ इन्भेस्टिगेशन’ (एफबीआई) ले इतिहासकै सबैभन्दा धेरै विस्फोटक पदार्थ बरामद गरेको छ ।

भर्जिनियामा छापा मार्ने क्रममा १५० वटा बम बरामद गरेको एफबीआईले जनाएको छ । यो अमेरिकाको इतिहासमा बरामद भएका अहिलेसम्मकै सबैभन्दा धेरै विस्फोटक पदार्थ हुन् ।

आइल अफ वाइट काउन्टीका ब्राड स्पाफोर्ड नामका एक व्यक्तिलाई गएको डिसेम्बर १७ मा पक्राउ गरेर अनुसन्धान थालिएको बीबीसीले जनाएको छ । एफबीआईले हतियार र गोलाबारुद सङ्कलन गरिरहेको जानकारी पाएपछि उनलाई पछ्याएको थियो ।

अनुसन्धानका क्रममा अभियुक्तको घरमा नो लाइभ्स म्याटर लेखिएको झोला पाएको र यस्तो झोला अमेरिकामा अति दक्षिणपन्थी र सरकार विरोधीको सन्दर्भमा प्रयोग गरिने अनुसन्धानकर्ताले बताएका खबरमा उल्लेख छ ।

सम्बन्धित खबर