बिर्तामोड । झापाको बिर्तामोड-५ मा मुख्य कार्यालय रहेको दशनामीहरुको बाहुल्यतामा सञ्चालित ऊँ नमः शिवाय बचत बचत तथा ऋण सहकारी संस्थााको १२औ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष भरतलाल गिरीको अध्यक्षता भएको कार्यक्रममा संस्थाका जेष्ठ सदस्य गोबर्धन गिरीलाई प्रमुख अतिथि बनाइएको थियो । संस्थाका उपाध्यक्ष खिलबहादुर गिरी (राजु)ले शाब्दिक स्वागत गरेको कार्यकममा लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन लेखा संयोजक इन्द्रमणि पौडेलले प्रस्तुत गरेका थिए । साथै कोषाध्यक्षको खड्गराज गिरीले नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेका थिए ।
आर्थिक वर्ष २०८०/०८१ असार मसान्तसम्म एक करोड ९० लाख ६१ हजार ८०० रूपैयाँ शेयर पँजी रहेको संस्थामा एक हजार ७१५ जना शेयर सदस्य रहेको संस्थाका अध्यक्ष भरतलाल गिरीले प्रस्तुत गरेको प्रतिवेदना उल्लेख छ ।
त्यसैगरी कोष हिसाब ८३ लाख ५२ हजार ५५४ रूपैयाँ, बचत तथा निक्षेप हिसाब १ करोड ५० लाख ६६ हजार ६६८ रूपैयाँ रहेको छ । संस्थाले समीक्षा आर्थिक वर्षमा खुद नाफा १३ लाख ९० हजार ८६७ रूपैयाँ गरेको प्रतिवेदनमा उल्लेख छ ।
साधारण सभा समारोहमा नेपाल दशनामी समाजका पूर्व केन्द्रीय उपाध्यक्ष केदारप्रसाद गिरी, पूर्व केन्द्रीय कोषाध्यक्ष तीलकप्रसाद गिरी, समाजका पूर्व केन्द्रीय सदस्य लभकुश गिरी, समाजका पूर्व कोशी प्रदेश अध्यक्ष चन्द्रप्रसाद गिरी, कोशी प्रदेश अध्यक्ष पदमबहादुर पुरी (प्रकाश), समाजका झापा अध्यक्ष केदार गिरी, समाजको झापा पूर्व महिला अध्यक्ष पार्वता गिरी लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका सचिव शंकर गिरीले गरेका थिए ।