काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ११९ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले २० ओभरमा ९ विकेट गुमाएर ११८ रन बनायो । कर्णालीका गुल्सन झाले २५, देव खनालले २४ रन बनाए । जनकपुरका ललित राजवंशी, जेम्स नीशम र मोहम्मद मोहसिनले २र२ विकेट लिए ।
यो खेलमा विजयी हुने टोलीले उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ । यसअघि हिजोको खेलमा जनकपुरलाई हराउँदै सुदूरपश्चिम पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलमा पुगेको छ ।
हिजोको खेल हारे पनि जनकपुरले फाइनल पुग्न अर्को मौका पाएको हो । हिजै भएको इलिमिनेटरमा चितवन राइनोजलाई हराउँदै कर्णाली दोस्रो क्वालिफायरमा पुगेको हो । प्रतियोगिताको फाइनल खेल पर्सि शनिवार हुनेछ ।