२०८१ पौष ६, शनिवार , ०४:०३:०६ बजे

Sajhamanch
'

यू–१९ महिला एशिया कप : नेपाल र श्रीलङ्काबीचको खेल नतिजाविहीन

बिहिवार, पौष ४, २०८१

काठमाडौं । एसीसी १९ वर्षमुनिको महिला एशिया कपको ‘सुपर–फोर’ मा नेपाल र श्रीलङ्काबीचको खेल नतिजाविहीन भएको छ । वर्षाका कारण नेपाल र श्रीलङ्काबीचको खेल नतिजाविहीन भएको हो ।

मलेसियाको क्वालालम्पुरमा श्रीलङ्काले १ ओभरमा १ विकेट गुमाएर १ रन बनाएको अवस्थामा खेलमा वर्षा बाधक बनेको हो । नेपालकी कप्तान पूजा महतोले १ विकेट लिइन् । टस जितेर नेपालले बलिङ रोजेको थियो । यो बराबरीसँगै नेपालले श्रीलङ्काले १\१ अङ्क बाँडेका छन् ।

यस्तै ‘सुपर–फोर’ अन्तर्गत आज भएको पहिलो खेलमा भारतले बङ्गलादेशलाई ८ विकेटले हराएको छ । बङ्गलादेशले दिएको ८१ रनको लक्ष्य भारतले ४७ बलअघि नै २ विकेट गुमाएर भेटायो ।

नेपालले ‘सुपर–फोर’ को दोस्रो खेलमा भोलि बङ्गलादेशसँग खेल्नेछ । प्रतियोगिताको समूह ‘ए’ बाट भारत र नेपाल तथा समूह ‘बी’ बाट बङ्गलादेश र श्रीलङ्का ‘सुपर–फोर’ मा पुगेका हुन् । महिला एशिया कपको फाइनल खेल आउँदो आइतवार हुनेछ ।

सम्बन्धित खबर