२०८१ पौष ३, बुधवार , ०२:४२:०६ बजे

Sajhamanch
'

भारतका रविचन्द्रन अश्विनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिए

बुधवार, पौष ३, २०८१

झापा । भारतीय क्रिकेट टिमका अफ स्पिनर रविचन्द्रन अश्विनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका छन् । ब्रिसबेनमा अस्ट्रेलियासँगको तेस्रो टेस्ट क्रिकेटपछि अश्विनले सन्न्यासको घोषणा गरेका हुन् ।

सन्न्यासको घोषणा गर्दै उनले भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)सहित रोहित शर्मा, विराट कोहली, अजिन्क्या रहाणे, चेतेश्वर पुजारालगातयका खेलाडीलाई धन्यवाद दिएका छन् ।

३८ वर्षीय अश्विनले १ सय ६ टेस्ट क्रिकेटमा ५३७ विकेट लिएका छन् । उनले आठ पटक १० विकेट लिएका हुन् । अश्विनले टेस्ट क्रिकेटमा ब्याटिङमा पनि राम्रो प्रदर्शन गरेका छन् । उनले ६ शतक र १४ अर्धशतक बनाएका छन् ।

अश्विन टेस्ट क्रिकेटमा भारतका लागि सबैभन्दा धेरै विकेट लिने दोस्रो खेलाडी हुन् । टेस्ट क्रिकेटमा भारतका लागि अनिल कुम्बलेले सबैभन्दा धेरै ६१९ विकेट लिएका छन् ।

यस्तै अश्विनले ११६ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा १५६ विकेट र ६५ टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ७२ विकेट लिएका छन् ।

सम्बन्धित खबर