२०८१ पौष ३, बुधवार , ०२:१२:२९ बजे

Sajhamanch
'

भारत र अस्ट्रलियाबीचको तेस्रो टेस्ट बराबरी

बुधवार, पौष ३, २०८१

काठमाडौं । भारत र अस्ट्रलियाबीचको तेस्रो टेस्ट क्रिकेट बराबरीमा सकिएको छ । अस्ट्रलियाले भारतलाई २७५ रनको लक्ष्य दिएको थियो ।

भारतले दोस्रो पारीमा एक विकेट नगुमाई आठ रन बनाएको थियो । तर खेलको पाँचौँ दिनको चिया समयपछि वर्षाका कारण खेल बराबरीमा सकिएको हो ।

अस्ट्रलियाले दोस्रो पारीमा सात विकेट गुमाएर ८९ रन बनाउँदै पारी समाप्तिको घोषणा गरेको थियो । दोस्रो पारीमा अस्ट्रलियाका कप्तान प्याट कमिन्सले सबैभन्दा धेरै २२ रन बनाए । भारतका जसप्रित बुमराहले तीन विकेट लिए ।

यसअघि ब्रिसबेनमा टस हारेर ब्याटिङको निम्तो पाएको अस्ट्रलियाले पहिलो पारीमा स्टेभ स्मिथ र ट्राभिस हेडको शतक तथा एलेक्स केरीको अर्धशतकको मद्दतमा ४४५ रन बनाएको थियो ।

भारतका जसप्रित बुमराहले छ विकेट लिए । यस्तै भारतले पहिलो पारीमा केएल राहुल र रविन्द्र जडेजाको अर्धशतकको मद्दतमा २६० रन बनाएको थियो । अस्ट्रलियाका प्याट कमिन्सले चार विकेट लिए ।

पाँच खेलको बोर्डर गभास्कर टेस्ट शृङ्खलामा भारत र अस्ट्रलियाले १/१ खेल जितेका छन् । शृङ्खलाको चौथो खेल डिसेम्बर २६ देखि मेलबर्नमा शुरू हुनेछ ।

सम्बन्धित खबर