
काठमाडौं । आज सुनको भाउ एकैदिन तोलामा १२०० रुपैयाँले घटेको छ ।
सुन आज तोलामा १२०० रुपैयाँले घटेर एक लाख ५३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ५४ हजार २०० रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको भाउ पनि तोलामा ६५ रुपैयाँले घटेको छ । आज चाँदीको भाउ तोलामा एक हजार ८६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो भने सुनचाँदीको भाउमा घटबढ भएको थिएन ।