![](https://sajhamanch.com/wp-content/uploads/2024/12/egg.jpg)
काठमाडौं । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि अण्डाको मूल्य बढाएको छ । सङ्घको भर्चुअल माध्यमबाट बसेको बैठकले चितवनलाई आधार मानेर आजदेखि अण्डाको नयाँ मूल्य लागू गरेको हो ।
आजदेखि मध्यम अण्डाको मूल्य ४७० रुपैयाँ प्रतिक्रेट तोकिएको छ । यस्तै ठूलो अण्डाको मूल्य प्रतिक्रेट ४८५ रुपैयाँ पुगेको हो ।
यसअघि मङ्सिर २२ गते सङ्घले मध्यम अण्डाको मूल्य प्रतिक्रेट ४५५ रुपैयाँ र ठूलो अण्डाको मूल्य प्रतिक्रेट ४७० रुपैयाँ तोकेको थियो ।
सङ्घले चितवनबाट लोड भएको अण्डा बिक्री डिपोमा पुर्याउँदा भाडा, कार्टुन र क्रेटसहित प्रतिपेटी १४० रुपैयाँ थप लाग्ने जनाएको छ ।