२०८१ माघ २६, शनिवार , ११:५१:२० बजे

Sajhamanch
'

आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् एजेन्डा

मङ्गलवार, मंसिर २५, २०८१

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत दिउँसो सवा २ बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै छ ।

बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर संशोधन प्रस्तावकर्ता सदस्यहरूसँग छलफल हुनेछ ।

त्यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा संविधान अनुसार बन्न बाँकी कानुनहरूको अध्ययन उपसमितिको प्रतिवेदनमाथि छलफल हुनेछ ।

सम्बन्धित खबर