२०८१ पौष ८, सोमवार , ०१:०२:५५ बजे

Sajhamanch
'

६० वर्षपछि महारानीझोडाबासीले पाए धनीपुर्जा

सोमवार, मंसिर २४, २०८१

दमक । करिब ६० वर्षदेखि भोगचलनमा रहेर पनि धनीपुर्जा नपाएका गौरादह ४ र ५ का जग्गाधनीहरुले आज प्रधानमन्त्रीको हातबाट पाएका छन् ।

साविक महारानीझोडा गाविस र हाल गौरादह ४ र ५ अन्तर्गतका जग्गाधनीहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले दर्ता प्रमाणपूर्जा वितरण गरेका हुन् ।

गौरादह–५, स्कुलचौनस्थित शिव मन्दिर परिसरमा विशेष नापी कार्यालय झापाको आयोजनामा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले जग्गाधनीहरुलाई धनीपुर्जा वितरण गरेका हुन् ।

कार्यक्रममा प्रधानमन्त्री पत्नी राधिका शाक्य, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, पूर्वमन्त्री अग्नि खरेल, प्रदेशसभा सदीय, विभिन्न राजनीतिक दलका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो । करिब ३ सयवटा पूर्जा वितरण गरिएको छ ।

गत साउन महिनादेखि धनीपुर्जा वितरणको प्रक्रिया सुरु भएको थियो । त्यहाँको करिब ५ हजार बिघा जग्गाको धनीपुर्जा प्राप्त हुन सकेको थिएन ।

ती जग्गा करिब साढे ७ हजार जनाले भोगचलन गर्दै आएका छन् । यति धेरैजनाको जग्गाको समस्यालाई पटकपटक समाधान गर्न खोजिए पनि हल भएको थिएन ।

केपी ओली नेतृत्वको सरकारले त्यहाँको जग्गाको समस्या हल गर्नेगरी काम अगाडि बढाएको थियो ।

सोमवार, मंसिर २४, २०८१ | जिल्ला समाचार, समाज

सम्बन्धित खबर