२०८१ मंसिर २, आइतवार , १०:२०:२० बजे

Sajhamanch
'

उपनिर्वाचनमा नेपाल परिवार दलद्वारा नेकपा एमालेका उम्मेदवारलाई समर्थन

आइतवार, मंसिर २, २०८१

काठमाडौं । नेपाल परिवार दलले यही मङ्सिर १६ गते हुन लागेको स्थानीय तहको उपनिर्वाचनका लागि नेकपा (एमाले)का सक्षम उम्मेदवारहरूलाई समर्थन गर्ने भएको छ ।

दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो जानकारी दिएका हुन् ।

ढकालले सूर्य चिन्हमा मतदान गरी नेकपा (एमाले)का उम्मेदवारहरूलाई अत्यधिक मतले विजयी गराउन नेपाल परिवार दलले आफ्ना सदस्य, शुभेच्छुक तथा आम मतदातामा हार्दिक आव्हान समेत गरेका छन् ।