२०८१ कार्तिक ३०, शुक्रवार , ०५:३४:२० बजे

Sajhamanch
'

जनताले एमाले-कांग्रेसबाटै सुधारको अपेक्षा गरेका छन् : महासचिव पोखरेल

शुक्रवार, कार्तिक ३०, २०८१

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले जनताले कांग्रेस(एमालेप्रति नै विश्वास र भरोसा गरेको बताएका छन् ।

शुक्रबार पार्टी मुख्यालय च्यासलमा मंसिर ७ मा काठमाडौंमा हुने जागरण सभाबारे जानकारी दिन आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पोखरेलले उक्त दाबी गरेका हुन् ।

प्रमुख दलहरूप्रति जनता असन्तुष्ट छन् भन्ने कुरा गलत हो भन्ने सन्देश दिन पनि पार्टीले जागरण अभियान सञ्चालन गर्न लागेको उनको प्रष्टोक्ति छ । नेपाली जनताले प्रमुख दलहरूबाट नै मुलुकमा सुधारको अपेक्षा गरेको पोखरेलको जिकिर थियो ।

उनले भने, ‘ललितपुर, भक्तपुर र काठमाडौं जिल्ला कमिर्टीको अगुवाइमा जागरण अभियान कार्यक्रम हुँदैछ । उपत्यकामा नै आयोजना हुने कार्यक्रमकमा माध्यमबाट हामी यस्तो सन्देश दिन चाहन्छौं कि जनता असन्तुष्टि छन् भन्ने खालको कुरा जुन खडा गर्न खोजिएको छ । त्यो होइन, जनता प्रमुख दलहरुप्रति नै विश्वास र भरोसा गर्दछन् । र, उनीहरुबाटै सुधारको अपेक्षा गर्दछन भन्ने सन्देश दिनु पनि जरुरी छ । त्यो हिसाबले हामीले जुन सभाको आयोजना गर्न खोजेका छौं । जागरण सभा, त्यसको औचित्य त्यसले पुष्टि गर्छ । ’

महासचिव पोखरेलले सरकारलाई काम गर्नका लागि उचित वातावरण बनाउनका लागि सत्तारुढ कांग्रेस(एमालेले संघ, प्रदेश र स्थानीय तहमा संयन्त्र बनाएको बताए । यो संयन्त्रले सरकारको काममाथि हस्तक्षेप नगर्ने पनि उनले प्रष्ट्याए ।

सम्बन्धित खबर