२०८१ मंसिर १०, सोमवार , ०६:५९:०३ बजे

Sajhamanch
'

लामिछानेको समर्थनमा पोखरामा नाराबाजी : ७ जना पक्राउ

मङ्गलवार, कार्तिक २०, २०८१

पोखरा । पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउको विरोधमा उत्रिएका ७ जना प्रदर्शनकारी प्रहरीको गिरफ्तारीमा परेका छन् । निषेधित क्षेत्र तोडेको आरोपमा उनीहरु पक्राउ परेको प्रहरीले जनाएको हो ।

कात्तिक २ गते पक्राउ परेका लामिछानेलाई तेस्रो पटक म्याद थपका लागि आज अदालत लगिएको छ । सोही क्रममा उनका समर्थकसहित कार्यकर्ताले अदालत बाहिर नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् ।

निषेधित क्षेत्रभन्दा अगाडि प्रहरी घेरा तोड्न खोजेपछि झडपसमेत भएको छ । प्रहरीले लाठीचार्ज, अश्रुग्यास प्रहार गरेर निषेधित क्षेत्रको घेरा तोड्न दिएको छैन

अहिले पनि रत्नचोकमा रास्वपाका नेताकार्यकर्ताले प्रदर्शन गरिरहेका छन् । रवि लामिछानेसहित ४ जनाको म्याद थपबारे अहिले बहस भइरहेको छ ।

लामिछाने पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका हुन् ।

सम्बन्धित खबर