२०८१ माघ २५, शुक्रवार , ०१:३४:२७ बजे

Sajhamanch
'

नेपाल संवत् ११४५ लाई भव्य रूपमा मनाऔँ : उपप्रधानमन्त्री

मङ्गलवार, कार्तिक ६, २०८१

काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाल संवत् ११४५ लाई भव्यताका साथ सम्पन्न गर्न सबै एकजुट हुनुपर्ने बताएका छन् ।

मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री सिंहले आउँदै गरेको नेपाल संवत् ११४५ लाई नयाँ वर्षका रूपमा मनाउनुपर्ने बताएका हुन् ।

उनले न्यू दया भिन्तुनाःको उपलक्ष्यमा देशवासीलाई सुख, समृद्धि प्राप्ते हुने विश्वाससमेत व्यक्त गरे ।

उनले भने, ‘उपस्थित सम्पूर्ण महानुभावहरूलाई आउँदै गरेको नेपाल संवत् ११४५ को नयाँ वर्ष हामी मनाउँदै छौँ । न्हुदय भिन्तुनाको उपलक्ष्यमा म देशका सबै आमाबुबा, दाजुभाइ, दिदीबहिनी सबैलाई र नेपालमा मात्र नभई विदेशमा बस्नेहरूलाई पनि ११४५ को अवसरमा शुभकामना व्यक्त गर्न चाहन्छु । सबै जना मिलेर सबैले प्रशंसा गर्न लायकको कार्यक्रम हामीले अघि बढाउनुपर्छ ।’

सम्बन्धित खबर