२०८१ कार्तिक ६, मङ्गलवार , १०:५६:५१ बजे

Sajhamanch
'

महिला टी–२० विश्वकप ‘टिम अफ द टुर्नामेन्ट’ मा न्युजिल्यान्ड र दक्षिण अप्रिकाका ३/३ जना खेलाडी

मङ्गलवार, कार्तिक ६, २०८१

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले महिला टी–२० विश्वकप क्रिकेट २०२४ को ‘टिम अफ द टुर्नामेन्ट’ घोषणा गरेको छ । उपाधि विजेता न्युजिल्यान्डका तीन जना खेलाडी आईसीसी महिला टी–२० विश्वकपको ‘टिम अफ द टुर्नामेन्ट’ मा परेका छन् ।

न्युजिल्यान्डबाट मेली केर, रोजमेरी मेर र इडेन कार्सन रहेका छन् । मेलीले प्रतियोगिताभरि १३५ रन बनाउनुका साथै १५ विकेट लिएकी थिइन् । यस्तै मेरले १० विकेट र कार्सनले ९ विकेट लिएका थिए ।

यसैगरी ‘टिम अफ दु टुर्नामेन्ट’ मा उपविजेता दक्षिण अफ्रिकाकी कप्तान लौरा वोल्वार्ड्ट, तज्मिन ब्रिट्स र ननकुलुलेको म्लाबा रहेका छन् । लौराले सबैभन्दा धेरै २२३ रन, ब्रिट्सले १८७ रन बनाउँदै म्लाबाले १२ विकेट लिएकी थिइन् ।

यस्तै टिममा परेका वेस्ट इन्डिजकी डायन्ड्रा डटिनले १२० रन बनाउनुका साथै ५ विकेट र एफी फ्लेचरले ५ विकेट लिएका छन् । यस्तै टिममा परेका इङ्गल्यान्डकी डेनी वाट हजले १५१ रन, भारतकी हरमनप्रीत कौरले १५० रन, बङ्गलादेशकी निगार सुल्ताना जोटीले १०४ रन बनाउँदा अस्ट्रेलियाकी मेगान शटले ८ विकेट लिएकी थिइन् ।

मङ्गलवार, कार्तिक ६, २०८१ | खेलकुद, मिडियाबाट साभार

सम्बन्धित खबर