२०८१ कार्तिक २, शुक्रवार , १०:०२:१६ बजे

Sajhamanch
'

महिला टी–२० विश्वकपमा दक्षिण अफ्रिका फाइनलमा, अष्ट्रेलिया ८ विकेटले पराजित

शुक्रवार, कार्तिक २, २०८१

काठमाडौं । महिला टी–२० विश्वकप २०२४ को पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिकाले अष्ट्रेलियालाई आठ विकेटले हराएको छ ।

हिजो दुबई अन्तर्राष्ट्रिय रङ्गशालामा भएको खेलमा अष्ट्रेलियाले दिएको १३५ रनको लक्ष्य दक्षिण अफ्रिकाले १७ ओभर दुई बलमा दुई विकेट गुमाएर पूरा गर्‍यो । पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा पाँच विकेट गुमाएर १३४ रन बनाएको थियो ।

दक्षिण अफ्रिकाको टोलीले प्रतियोगिताको फाइनलमा लगातार दोस्रो पटक स्थान बनाएको हो । योसँगै टी–२० विश्वकपको इतिहासमा दक्षिण अफ्रिकाले पहिलो पटक छ पटकको विजेता अष्ट्रेलियाको टोलीलाई हराएको छ ।

महिला टी–२० विश्वकपमा आज हुने दोश्रो सेमिफाइनल खेलमा न्युजिल्यान्ड र वेस्ट इन्डिज खेल्दैछन् । फाइनल खेल आउँदो पर्सि आइतवार हुनेछ ।

शुक्रवार, कार्तिक २, २०८१ | खेलकुद, मिडियाबाट साभार

सम्बन्धित खबर