झापा । हालैको बाढीपहिरामा परी मृत्यु हुनेको संख्या २३९ जना पुगेको छ।
गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार गत साताको बाढीपहिरोमा परी १९ जना अझै बेपत्ता रहेको र १७७ जना घाइते छन्।
त्यस्तै प्रभावित क्षेत्रबाट हालसम्म १७ हजार १३१ जनाको उद्धार गरिएको पनि उनले बताए । बाढी पहिरोले अवरुद्ध राजमार्गहरू मर्मत गरी यातायात सञ्चालनको प्रयास जारी रहेको पनि प्रवक्ता तिवारीले जानकारी दिए।