२०८१ कार्तिक २२, बिहिवार , १०:२२:५० बजे

Sajhamanch
'

प्रिमियर लिग फुटबल : टोटनहमले म्यानचेस्टर युनाइटेडलाई ३–० गोलले हरायो

सोमवार, असोज १४, २०८१

काठमाडौं । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा टोटनहमले म्यानचेस्टर युनाइटेडलाई हराएको छ ।

गएराति भएको खेलमा टोटनहमले म्यानचेस्टर युनाइटेडलाई ३–० ले हराएको हो । टोटनहमका लागि ब्रेनन जोन्सन, डेजान कुलसेभ्स्की र डोमिनिक सोलोन्केले समान एक गोल गरे ।

जीतसँगै टोटनहम छ खेलमा १० अङ्कसहित आठौँ स्थानमा उक्लिएको छ । छ खेलमा सात अङ्क रहेको म्यानचेस्टर युनाइटेड १२ औं स्थानमा छ । हिजै भएको अर्को खेलमा ईपस्विच टाउन र एस्टनभिल्लाले २–२ गोलको बराबरी खेलेका छन् ।

सम्बन्धित खबर