इलाम । अविरल वर्षासँगै गएको पहिरोले इलाम देउमाई नगरपालिका– ९ नवमी बजारको एक घरमा क्षति पुगेको छ ।
आज बिहान १० बजे नवमी बजार बस्ने सोमबहादुर कामीले आफ्नो घरनजिकै लगाएको करिब १० फिट अग्लो र १५ मिटर लम्बाई भएको वाल वर्षाका कारण भत्किँदा सोही ठाउँ बस्ने प्रेमबहादुर दर्जीको एकतले ४ कोठे पक्की घरको एउटा कोठा भत्किएको छ ।
त्यस्तै कोठाभित्र रहेको काठको ३ वटा खाट , टेलिभिजन १ थान , मोबाइल १ थान, लुगा सिलाउने मेसिन १ थान र लत्ताकपडा गरी करिब ६ बराबरको क्षति भएको छ ।
त्यस्तै सोमबहादुर कामीको करिब रु १ लाख बराबरको वाल भत्किएर क्षति भएको र पहिरो हटाउने पहल भइरहेको प्रहरीले जनाएको छ ।