२०८१ मंसिर ८, शनिवार , ०२:२२:३९ बजे

Sajhamanch
'

नाई संघको बिर्तामोड नगर समिति गठन

मङ्गलवार, भदौ २५, २०८१

बिर्तामोड । नेपाल ट्रेड युनियन कांग्रेससँग आबद्ध नेपाल नाई संघ बिर्तामोड नगर समितिको अध्यक्षमा बन्धन ठाकुर निर्वाचित भएका छन् ।

बिर्तामोड नगर क्षेत्रभित्रका ठाकुरहरुको आज भएको भेलाले बन्धनको अध्यक्षतामा समिति गठन गरेको हो । नगर समितिको उपाध्यक्षमा अमर ठाकुर, सचिवमा विजय ठाकुर, सहसचिवमा दुखन ठाकुर र कोषाध्यक्षमा ओमप्रकाश ठाकुर निर्वाचित भएको जनाइएको छ ।

समितिका सदस्यहरुमा सत्यम ठाकुर, अमित ठाकुर, मुकेश ठाकुर, विवेक ठाकुर, पप्पु ठाकुर र अशोक ठाकुर चयन भएका छन् ।

नेपाल नाई संघका केन्द्रीय सदस्य विजय ठाकुरको प्रमुुख आतिथ्य तथा नेपाल नाई संघ झापाका अध्यक्ष मनोजकुमार ठाकुरको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल तरुण दल केन्द्रीय सदस्य सजेश शिवाकोटी, नेपाली कांग्रेस बिर्तामोड नगर समितिका कार्यवाहक सभापति सूर्यप्रसाद कन्दङ्वा, महाधिवेशन प्रतिनिधि घनश्याम चौधरी लगायतले मन्तब्य राखेका थिए ।

सम्बन्धित खबर