२०८१ मंसिर १२, बुधवार , ०८:४७:१९ बजे

Sajhamanch
'

सदस्य सहजकर्ताहरुका लागि एनएमसीको तेस्रो अभिमुखीकरण सम्पन्न

आइतवार, भदौ १६, २०८१

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)मा कार्यरत सदस्य सहजकर्ता कर्मचारीहरुलाई संस्थामा परिमार्जित नीति तथा कार्यविधिहरुका बारेमा तेस्रो चरणको अभिमुखीकरण गरिएको छ ।

भदौ १५ गते शनिबार मेची क्षेत्र, कनकाई रतुवा क्षेत्र क र मोरङ क्षेत्र अन्तरगतका सेवा केन्द्रहरुमा कार्यरत सदस्य सहजकर्ताहरुलाई अभिमुखीकरण गरिएको हो ।

संस्थाको मेची क्षेत्रका सदस्य सहजकर्ताहरुलाई काँकरभिट्टामा, कनकाई रतुवा क्षेत्र क का सदस्य सहजकर्ताहरुलाई कनकाईको दुर्गापुरमा र मोरङ क्षेत्रका सदस्य सहजकर्ताहरुलाई बेलबारीमा भेला गरी अभिमुखीकरण गरिएको हो ।

अभिमुखीकरण कार्यक्रममा चालू आर्थिक वर्षका लागि संस्थाका परिमार्जित नीति तथा कार्यविधिहरु, संस्थाको डिजिटल कारोबार तथा यसको प्रयोग विधिहरु एवम् संस्कारसहित सदस्य सहजकर्ताको भूमिका विषयमा सहजीकरण गरिएको थियो ।

अन्तरक्रियात्मक विधिबाट सञ्चालित सबै अभिमुखीकरण कार्यक्रमहरुमा सदस्य सहजकर्ताहरुले काम गर्दा महसुस गरेका अप्ठ्याराहरुलाई सहजकर्ता समक्ष जिज्ञासा राख्दै जानकारी लिएका थिए ।

संस्था अन्तरगतको शिक्षा तथा तालिम उपसमितिले हरेक वर्ष सदस्यहरुसँग दिनहुँ भेट्ने एनएमसीका दूतहरुलाई आवश्यक पर्ने महत्वपूर्ण जानकारीहरु प्रदान गरी संस्थाको कामलाई चुस्त बनाउने उद्देश्यले यस्तो तालिम सञ्चालन गर्ने गरेको छ ।

मेची क्षेत्रमा आयोजित अभिमुखीकरण कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष रामचन्द्र उप्रेतीले संस्कारसहित एनएमसीका सदस्य सहजकर्ताहरुको भूमिकाका बारेमा प्रकाश पारेका थिए ।

शिक्षा तथा तालिम उपसमितिका सदस्य गोपाल काफ्लेको अध्यक्षतामा मेची क्षेत्रका क्षेत्रीय प्रमुख हिरन कट्टेलले सञ्चालन गरेको सो कार्यक्रममा उपस्थितहरुलाई संस्थाका सञ्चालक समिति सदस्य हरि उप्रेतीले शाब्दिक स्वागत गरेका थिए ।

सो कार्यक्रममा कर्पोरेट प्रशासन प्रमुख मनिष कोइरालाले चालू वर्षका लागि परिमार्जित नीति तथा कार्यविधि र डिजिटल बैंकिङ सम्बन्धमा सहजीकरण गरेका थिए ।

यसैगरी कनकाई रतुवा क्षेत्र (क)मा भएको अभिमुखीकरण कार्यक्रममा संस्थाका अध्यक्ष ठाकुरप्रसाद संस्कारसहित एनएमसीका सदस्य सहजकर्ताहरुको भूमिकाका बारेमा प्रकाश पारेका थिए ।

शिक्षा तथा तालिम उपसमितिका सहसंयोजक घनश्याम अधिकारीको अध्यक्षतामा कनकाई रतुवा क्षेत्र (क)का क्षेत्रीय प्रमुख पारसचन्द्र भट्टराईले सञ्चालन गरेको सो कार्यक्रममा कानून तथा अनुपालन विभाग प्रमुख जीवनमणि कटुवालले चालू वर्षका लागि परिमार्जित नीति तथा कार्यविधि सम्बन्धमा सहजीकरण गरेका थिए ।

सो कार्यक्रममा एटिएम तथा आइटी सपोर्ट विभाग प्रमुख गोपीकृष्ण सुवेदीले डिजिटल बैंकिङ कारोबारका सबै पक्षहरुबारे सदस्य सहजकर्ताहरुलाई अवगत गराएका थिए ।

संस्थाको मोरङ क्षेत्रमा आयोजित कार्यक्रम शिक्षा तथा तालिम उपसमितिका संयोजक डम्बरबहादुर बस्नेतको अध्यक्षतामा सञ्चालन गरिएको थियो । सो तालिममा संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेतीले संस्कारसहित सदस्य सहजकर्ताको भूमिका विषयमा सहजीकरण गरेका थिए ।

यस्तै, बचत तथा ऋण व्यवसाय प्रमुख तेजकुमारी घिमिरेले संस्थाको नीतिगत परिमार्जन सम्बन्धी विषयमा र डिजिटल बैंकिङ विभाग प्रमुख आविस्कार बस्नेतले डिजिटल बैंकिङ सम्बन्धमा सहजीकरण गरेका थिए ।

शिक्षा तथा तालिम उपसमितिका सदस्य अर्जुनप्रसाद थपलियाले अभिमुखीकरण कार्यक्रमको औचित्यबारे प्रकाश पार्दै शाब्दिक स्वागत गरेका थिए भने संस्थाको मोरङ क्षेत्रका क्षेत्रीय प्रमुख होमनाथ मैनालीले कार्यक्रमको सञ्चालन गरेका थिए ।

शनिबार तीनवटा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएसँगै संस्थाका सबै ७ वटा क्षेत्रहरुमा कार्यरत सदस्य सहजकर्ताहरुका लागि अभिमुखीकरण सम्पन्न गरिएको छ ।

सम्बन्धित खबर