२०८२ जेठ ३, शुक्रवार , ०१:१७:१८ बजे

Sajhamanch
'

मुस्ताङमा फेरि हिमपहिरो

बुधवार, भदौ १२, २०८१

काठमाडौं । मुस्ताङमा फेरि हिमपहिरो गएको छ । थासाङ गाउँपालिका–२ बोक्सीखोला माथिको लेकमा हिजो बेलुका ६ बजेतिर पुनः हिमपहिरो गएको हो । थासाङको बोक्सी खोला माथि छिप्लुङ लेक हुँदै धौलागिरि हिमालको फेदबाट पहिरो खसेको छ ।

मुस्ताङका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेयले पहिले खसेको पहिरोको केही थुप्रो खसेको जानकारी दिए। यसअघि भदौ ६ गते दिउँसो थासाङको बोक्सी खोला माथि लेकमा हिमालको फेदबाट हिमपहिरो खसेको थियो ।

पहिरोले बस्ती जोखिममा नपरेको तर केही घरपरिवारलाई सुरक्षित ठाउँमा सारिएको थासाङ गाउँपालिका अध्यक्ष प्रदिप गौचनले जानकारी दिए।

सम्बन्धित खबर