२०८२ जेठ ३, शुक्रवार , ०५:५६:१० बजे

Sajhamanch
'

विराटनगरमा राधाकृष्णको रथयात्रा निकालियो

मङ्गलवार, भदौ ११, २०८१

विराटनगर । विराटनगरमा भव्य ढंगले राधाकृष्णको रथयात्रा निकालिएको छ । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट हरेक वर्ष विराटनगरमा निकालिने रथयात्रामा हजारौँ सहभागी हुने गरेका छन् । मंलबारको रथयात्रामा पनि हजारौँ सर्वसाधरणले सहभागिता जनाएका छन् ।

१९८८ सालमा खटयात्राबाट प्रारम्भ भएको रथयात्रा २०२५ सालबाट रथयात्रा महोत्सवको रूपमा मनाउन थालिएको हो । राधाकृष्णको युगल जोडीसहितको ९३ औँ संस्करणको रथयात्रा विराटनगर महानगरपालिका–१ स्थित राधाकृष्ण मन्दिरबाट निस्किएर बजार परिक्रमा गर्दै पुनः मन्दिरमा नै पुगेर समापन हुनेछ ।

राधाकृष्ण मन्दिर परिसरबाट निकालिने रथयात्रा तीनपैनी, मेनरोड, ट्राफिक चोक, रोडशेष चोक, महेन्द्रचोक, धरान रोड, बरगाछी हुँदै पुनः मन्दिर परिसरमा पुगेर समापन हुनेछ ।

रथयात्रामा विराटनगर आसपाससहित मोरङका विभिन्न स्थानका र भारतको विहारबाट पनि भक्तजन आउने गरेका छन् । रथयात्रामा यस पटक ५ लाखभन्दा बढी भक्तजनको सहभागिता हुने आयोजकको अपेक्षा छ ।

सम्बन्धित खबर