२०८१ फागुन १२, सोमवार , ०४:४०:२७ बजे

Sajhamanch
'

एकीकृत समाजवादीको महिला उपाध्यक्षमा रामकुमारी झाँक्री र जयन्ती देवी राईको भिडन्त

मङ्गलवार, भदौ ११, २०८१

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको महिला उपाध्यक्ष पदमा नेतृहरू रामकुमारी झाँक्री र जयन्ती देवी राईबिच प्रतिस्पर्धा हुने भएको छ ।

केन्द्रीय निर्वाचन आयोगले मंगलबार सार्वजनिक गरेको उम्मेदवारको अन्तिम सूचीअनुसार यी दुई नेतृबिच भिडन्त पक्का भएको हो ।

यसैगरी उपाध्यक्ष (मधेसी समुदाय) मा धर्मनाथ प्रसाद साह र रामचन्द्र झाको उम्मेदवारी रहँदा खुला उपाध्यक्ष पदमा ११ जनाको उम्मेदवारी परेको छ । खुला उपाध्यक्ष पदमा गङ्गालाल तुलाधर, प्रकाश ज्वाला, जगन्नाथ खतिवडा, साध्यबहादुर भण्डारीलगायतको उम्मेदवारी परेको छ ।

सम्बन्धित खबर