२०८१ फागुन १२, सोमवार , ०७:४३:४८ बजे

Sajhamanch
'

केही मानिस मन्त्री भइहालौं भनेर यो सरकार बनेको होइन : गृहमन्त्री

सोमवार, भदौ १०, २०८१

काठमाडौं । गृहमन्त्री रमेश लेखकले स्थीर सरकार नभएका कारण मुलुकमा सकरात्मक काम हुन नसकेकाले प्रमुख दुई दल मिलेर सरकार बनाएको बताएका छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंको नवनिर्मित भवन उद्घाटन समारोहमा बोल्दै उनले भने, ‘अहिलेको सरकार केही मानिसहरु मन्त्री भइहालौं भन्ने मात्र उद्देश्यले बनेको सरकार होइन ।’

२०७९ सालको चुनावपछिको अवधिमा स्थीर सरकार निर्माण हुन नसक्दा हरेक दुईरतीन महिनामा प्रधानमन्त्री र मुख्यमन्त्रीहरुले विश्वासको मत लिन जानुपर्ने स्थिति भएको भन्दै उनले थपे, ‘सरकारमा स्थीरता नभएकाले अर्थतन्त्र सिथिल भयो, भ्रष्टाचार नियन्त्रण गर्न केही व्यवधान देखिए, विकास निर्माणका काम द्रुत गतिमा अघि बढ्न सकेन, त्यसकारण नयाँ अठोटका साथ अघि बढ्यौं ।’

संसदीय प्रणालीमा सामान्यतः कम हुने गरेको अभ्यासमा प्रवेश गर्दा लामो समयदेखि पूरा हुन नसकेको काम पनि पूरा भएको उनले बताए ।

सम्बन्धित खबर