२०८१ माघ २३, बुधवार , ०१:१९:३० बजे

Sajhamanch
'

बंगलादेशबाट ४०० भन्दा धेरै भारतीय नागरिकलाई स्वदेश फर्काइयो

बुधवार, साउन २३, २०८१

झापा । प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेर भागेको भए पनि बङ्गलादेशमा हिंसा मत्थर भएको छैन । अहिले पनि प्रदर्शनकारीहरू सडकमै छन् ।

राजधानी ढाकामा अस्थिरतालाई विचार गरेर भारतले ढाकाका लागि एयर इन्डिया र इन्डिगोको विशेष उडान सुरु गरेको थियो । यी उडानमा ४०० भन्दा बढी भारतीयलाई स्वदेश ल्याइएको छ ।

एयर इन्डियाको विशेष उडानमा बुधवार बिहान ढाकाबाट ६ जना शिशु समेत २०५ जनालाई नयाँ दिल्ली ल्याइएको थियो । इन्डिगोको विशेष उडानमा ढाकाबाट २०० भन्दा धेरै यात्रीलाई कोलकता ल्याइएको थियो ।

सम्बन्धित खबर