काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा तीन जना राज्य मन्त्री नियुक्त गरेसँगै मन्त्रिपरिषदले पूर्णता पाएको छ ।
उनले कांग्रेसबाट दुई र नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट एक जनालाई राज्यमन्त्रीमा नियुक्त गरेका हुन् । कांग्रेसबाट रुपा विक र पूर्णबहादुर तामाङ तथा नाउपाबाट अरुण चौधरी राज्यमन्त्री नियुक्त भएका हुन् ।
अरुणलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन, रुपालाई वन तथा वातावरण र पूर्णबहादुरलाई ऊर्जा जलस्रोत तथा सिँचाइ राज्यमन्त्री बनाइएको छ ।