कमल । कमल गाउँपालिका–२ स्थित कमल नगर अस्पतालमा आएका डाक्टर रिजन पौडेललाई स्वागत गरिएको छ ।
आम्दा अस्पताल दमकबाट दैनिक बिरामी जाँच तथा उपचारका लागि आएका डाक्टर पौडेललाई अस्पतालमा एक कार्यक्रमकाबीच स्वागत गरिएको हो ।
उनलाई कमल गाउँपालिका उपाध्यक्ष प्रमिला न्यौपाने (तिवारी) ले खादा ओढाएर र पुष्पगुच्छा दिएर स्वागत गरेकी हुन् ।
गाउँपालिका उपाध्यक्ष तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत केशवकुमार ढकाल, वडा नम्बर ३ का अध्यक्ष अग्नि कोइराला लगायतले डाक्टर पौडेललाई कार्यकाल सफलताको शुभकामना दिएका थिए ।
सो कार्यक्रममा वडा नम्बर २ का अध्यक्ष अशोक सुब्बा, लेखा अधिकृत सृजना राई, महेन्द्र रत्न माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष पवन चामलिङ्ग, कमल नगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. फुलकचन्द्र लावती, स्वास्थ्य शाखा प्रमुख बिनु थापा, अधिकृत कुशल श्रेष्ठ लगायतको उपस्थिति थियो ।
उक्त कार्यक्रममा सहभागीलाई कमल नगर अस्पतालका जनस्वास्थ्य निरीक्षक दीपक दाहालले शाब्दिक स्वागत गरेका थिए ।