२०८१ मंसिर १२, बुधवार , ०६:३४:४८ बजे

Sajhamanch
'

मौरिटनियामा जहाज दुर्घटना : २५ आप्रवासीको मृत्यु, १९० बेपत्ता

बिहिवार, साउन १०, २०८१

झापा । मौरिटनियामा एउटा जहाज दुर्घटना हुँदा २५ जना आप्रवासीको मृत्यु भएको छ ।

राजधानी नौआकचोट नजिकै भएको सो घटनामा १९० जना बेपत्ता रहेका र उद्धार कार्य जारी रहेको आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन (आईओएम) ले जनाएको छ ।

आफूहरूले १०३ जना आप्रवासीको उद्धार गरेको र २५ जनाको शव फेला पारेको मौरिटनियाली तट रक्षकका एक कमाण्डरको भनाई छ । जुलाई २२ मा पल्टिनुअघि झन्डै ३०० जना काठको डुङ्गा चढेर गाम्बियाबाट हिंडेका थिए ।

उनीहरूले समुद्रमा सात दिन यात्रा गरेका आइओएमले जनाएको छ । तट रक्षकहरू आइपुग्नु अघि नै १५ जनाको मृत्यु भइसकेको थियो । गम्भीर अवस्थामा अस्पतालमा भर्ना गरिएका अरू १० जनाको मृत्यु भएको थियो ।

यसअघि जुलाई ५ मा पनि यस्तै घटना भएको थियो । सो घटनामा मौरिटनियाली तटरक्षकहरूले पल्टिएको डुङ्गाबाट ८९ आप्रवासीको शव निकालेका थिए ।

आप्रवासीहरूले मोरक्कोको तटमा अवस्थित क्यानरी टापु पुग्ने प्रयास गर्ने गरेको आईओएमले बताएको छ । पश्चिम अफ्रिकादेखि स्पेनसम्मको यो रुट विश्वको सबैभन्दा खतरनाक रुटमध्येमा पर्दछ ।

सम्बन्धित खबर