कचनकवल । झापाको कचनकवल गाउँपालिका–४ केचनाका १५ वर्षीय विशाल शाहको करेन्ट लागेर मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार जस्तापाताको छानो भएको घरको बरन्डामा विद्युत सर्ट हुँदा ललन शाहका छोरा विशालको ज्यान गएको हो ।
करेन्ट लागेर अचेत बनेका उनलाई तत्काल प्राथमिक स्वास्थ्य केन्द्र बनियानी पुर्याइए पनि जाँच गर्दा डाक्टरले मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।