काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपराह्न ५ बजेका लागि मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् ।
आज बिहान सौर्य एयरलाइन्सको जहाज पूर्ण परीक्षण गर्न पोखरा लैजाने क्रममा भएको दुर्घटनाबारे सम्पूर्ण जानकारी तथा छानबिन प्रक्रियाका लागि प्रधानमन्त्रीले बैठक डाकेका हुन् ।
बैठकमा दुर्घटनापछिको तीव्र उद्धार, राहत लगायत विभिन्न विषयमा निर्णय लिइने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा एक आयोग समेत बनाउने तयारी रहेको बताइएको छ ।