२०८१ कार्तिक २, शुक्रवार , ०३:४०:३४ बजे

Sajhamanch
'

कनकाई सर्पदंश उपचार केन्द्रमा १७७ जनाले लिए सेवा

शुक्रवार, साउन ४, २०८१

कनकाई । झापाको कनकाई नगरपालिकास्थित कनकाई सहारा सर्पदंश उपचार केन्द्रमा यस वर्ष १७७ जनाले सेवा लिएका छन् । उपचार केन्द्रबाट आर्थिक वर्ष २०८०/०८१ मा १७७ जनाले सर्पको टोकाइको उपचार सेवा लिएका हुन् ।

कनकाई–४ स्थित कोटीहोममा २०७३ सालमा स्थापना भएको उपचार केन्द्रमा झापाका विभिन्न स्थानबाट सर्पको टोकाइको उपचारका लागि बिरामी आउने गरेका सेवा केन्द्रका प्राविधिक ९एचए० उज्ज्वल खुलालले जानकारी दिए । उनका अनुसार आर्थिक वर्ष २०७९/०८० मा २०० बढीले उक्त उपचार केन्द्रबाट सेवा लिएका थिए ।

उपचार केन्द्रमा धेरैजसो कनकाई, शिवसताक्षी, अर्जुनधारा, केही बिर्तामोड नगरपालिकाबाट पनि आउने गरेका छन् भने झापा, बाह्रदशी गाउँपालिका साथै भारतको दिल बैङ्कलगायतबाट समेत सर्पको टोकाइको उपचार गर्न उपचार केन्द्रमा आउने गरेको प्राविधिक खुलालले बताए ।

केन्द्रमा एक जना अनकल डाक्टर, ५ जना प्राविधिक, २ जना सहायकसहित आठ जना कर्मचारी रहेको बताइएको छ । स्थानीय ठाउँमै सर्पदंश उपचार केन्द्र स्थापना भएपछि सर्पको टोकाइबाट अकाल मृत्यु हुने क्रम घट्दै गएको छ ।

शुक्रवार, साउन ४, २०८१ | जिल्ला समाचार, समाज

सम्बन्धित खबर