२०८१ मंसिर १०, सोमवार , ०२:३८:३३ बजे

Sajhamanch
'

भारतका प्रधानमन्त्री मोदी तीन दिने विदेश भ्रमणमा

सोमवार, असार २४, २०८१

झापा । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी रुस र अस्ट्रियाको तीन दिने भ्रमणमा निस्किएका छन् ।

सोमवार दिल्लीबाट उनी रुसका लागि उडेका छन् ।

‘आगामी तीन दिनसम्म रुस र अस्ट्रियामा रहनेछु । यो भ्रमण भारतको सागमा पुरानो मित्रता भएका यी देशसँग सम्बन्ध अरू गहिरो बनाउन राम्रो मौका साबित हुनेछ । यी देशमा रहेका भारतीय समुदायसँग पनि भेट्नेछु,’ मोदीले सामाजिक सञ्जालमा एक पोस्टमा लेखेका छन् ।

मोदीले २२ औं भारत–रुस वार्षिक सम्मेलनमा भाग लिनेछन् । सो कार्यक्रममा उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट्ने बताइएको छ । भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार प्रधानमन्त्री मोदीले जुलाई ९ र १० मा अस्ट्रियाको भ्रमण गर्नेछन् ।

मोदीको अस्ट्रिया भ्रमण पनि ऐतिहासिक छ । ४१ वर्षयताको भारतीय प्रधानमन्त्रीको यो पहिलो अस्ट्रिया भ्रमण हुनेछ । तेस्रो पटक सत्ता सम्हालेपछि मोदीको यो पहिलो रुस भ्रमण हो ।

यो उनको पहिलो द्विपक्षीय विदेश भ्रमण पनि हो । मोदीको रुस भ्रमण धेरै हिसाबले महत्वपूर्ण छ । एकातिर रुसको चीनसँग बढ्दो निकटता छ । अर्कोतिर रुस विरोधी मानिने सैन्य समूह नाटोको बैठकमा सहभागी हुनु अघि मोदी रुस गएका छन् ।

सम्बन्धित खबर