काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले यो महाधिवेशनपछि एमालेबाट विद्रोहको औचित्य पुष्टि गरेको दाबी गरेका छन् ।
महाधिवेशन समापन समारोहलाई सम्बोधन गर्दै उनले राष्ट्रिय राजनीतिमा आफ्नो पार्टीको खोजी भइरहेको बताए ।
उनले भने, ‘राष्ट्रिय राजनीतिमा उलटफेर भएको छ । त्यहाँ अहिले हाम्रो खोजी भइरहेको छ । कुनै पार्टी एक्लै जानसक्ने अवस्थामा छैन । त्यसैले सहयोगीहरुको आवश्यता पर्छ । त्यसैले हाम्रो आफ्नै भूमिका छ ।’
उनले महाधिवेशनको उद्घाटनको दिनमा पार्टीले निकालेको र्यालीले राष्ट्रिय राजनीतिमा तरंग ल्याएको दाबी गरे ।