२०८२ पौष २ बुधवार , १२:५७:३२ बजे

Sajhamanch
'

नेकपा (एमाले)बाट प्रचण्ड क्याबिनेटका मन्त्रीहरुले बुझाए सामुहिक राजीनामा

बुधवार, असार १९, २०८१

काठमाडौं । नेकपा (एमाले)बाट मन्त्री बनेकाहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर सामुहिक राजीनामा बुझाएका छन् ।

एमाले र कांग्रेसबीच नयाँ सरकार गठन गर्ने सहमति भएपछि मन्त्रीहरु राजीनामा पत्र बोकेर आज बुधबार साँझ बालुवाटार पुगेका हुन् ।

उनले एमालेका मन्त्रीहरुको एक एक गरेर राजीनामा बुझे । एमाले मन्त्रीहरुको राजीनामा बुझेपछि प्रचण्डले धेरै टिप्पणी गरेनन् ।

एउटा कुरा मात्र भन्छु भन्दै उनले फत्तेमान राजभण्डारीको गीत गाए, यस्तो पनि हुँदोरैछ जिन्दगीमा कैले कैले, कसैलाई माया गर्नु एउटा भुल गरे मैले ।’

प्रधानमन्त्री प्रचण्डले यो राजीनामा आफूले भोलि स्वीकृत गर्ने बताएका एक मन्त्रीले जानकारी दिएका छन् ।