२०८१ माघ ११, शुक्रवार , ०३:०५:५२ बजे

Sajhamanch
'

जबज ओठेभक्ति र स्वार्थ पूरा गर्ने माध्यम होइन : अध्यक्ष ओली

शुक्रवार, असार १४, २०८१

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको बहुदलीय जनवाद (जबज) ओठेभक्ती र स्वार्थ पुरा गर्ने माध्यम नभएको बताएका छन् ।

एमालेका तत्कालीन महासचिव स्वं मदन भण्डारीको ७३ औँ जन्मजयन्तीको अवसरमा शुक्रबार तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले जबजबारे यस्तो टिप्पणी गरेका हुन् ।

‘जबज ओठेभक्ती र स्वार्थ पुरा गर्ने भन्ने खालको मौकापरस्त होइन’, उनले जबजलाई एमालेले विचारधाराको रूपमा लिएको बताए ।

ल्बदष् िदबलप
सिलसिला र निरन्तरतापछिमात्रै जबजको विचार निर्माण भएको भन्दै त्यो नै परिपूर्ण विचार भएको ओलीको भनाइ छ । उनले जबजले नै अहिलेको अवस्थाको विकास र आधुनिकीकरणमा पुर्‍याउने दाबी गरे ।

‘मदन भण्डारी हाम्रो निकट, आफन्त, नेता, चिनेजानेको हुनुहुन्थ्यो र उहाँको अगुवाइमा भएकाले जबज कसरी छोड्ने भन्ने होइन’, ओलीले भने, ‘उहाँको अगुवाइमा नेकपा एमालेले जनताको बहुदलीय जनवाद प्रतिपादन गर्‍यो । जबज कुनै ध्यान, तप आसन वा व्यायाम र तपस्याबाट आएको होइन ।’

सम्बन्धित खबर