२०८१ मंसिर १३, बिहिवार , ०५:५३:५९ बजे

Sajhamanch
'

मन्त्रीपरिषदले मात्रै बजेट रकमान्तर गर्नसक्ने व्यवस्था गर्नुपर्छ : दाहाल

बिहिवार, असार १३, २०८१

काठमाडौं । नेकपा एमालेका राष्ट्रियसभा सदस्य देवेन्द्र दाहालले मन्त्रीपरिषदले मात्रै बजेट रकमान्तर गर्नसक्ने व्यवस्था गर्नुपर्ने बताएका छन् ।

राष्ट्रियसभा बैठकमा बिहीवार उनले अर्थ मन्त्रालयले बजेट रकमान्तर गर्ने भन्दा पनि मन्त्रीपरिषदले मात्रै बजेट रकमान्तर गर्नसक्ने व्यवस्था गर्नुपर्ने बताएका हुन् ।

राष्ट्रियसभा सदस्य दाहालले बजेट रकमान्तर गर्ने सम्बन्धमा अर्थमन्त्रालयले सिधै गर्ने प्रावधान राखेको भन्दै त्यसलाई नेपाल सरकार मन्त्रीपरिषदले मात्रै गर्नसक्ने बनाउनुपर्नेमा जोड दिए ।

उनले विनियोजित बजेटको संकेत नम्बर ८०१ मा विनियोजन भएको वित्तीय समानिकरण अनुदान रकम कटौती नगर्ने व्यवस्था गर्न सरकारसँग माग गरे ।

राष्ट्रियसभा सदस्य दाहालले सशर्त र समपूरक अनुदानका रकमहरू खर्च नभई बचत भएको खण्डमा असार मसान्तभित्र सम्बन्धित कोष तथा लेखा नियन्त्रण कार्यालयमार्फत संघीय सञ्चित कोषमा दाखिला गर्नुपर्ने प्रणाली हुनुपर्नेमा जोड दिए ।