२०८१ कार्तिक ८, बिहिवार , ०९:४०:४१ बजे

Sajhamanch
'

रेल दुर्घटनाका मृतक परिवारलाई १० लाख क्षतिपूर्ति दिइने

सोमवार, असार ३, २०८१

काठमाडौं । सोमवार बिहान भारतको दार्जिलिङमा भएको रेल दुर्घटनामा ज्यान गुमाउनेका परिवारलाई क्षतिपूर्तिबापत १०/१० लाख भारतीय रुपैयाँ दिइने भएको छ ।

रेल मन्त्री अश्विनी वैष्णवले मृतकका परिवारलाई १०/१० लाख, गम्भीर घाइतेलाई २ लाख ५० हजार र सामान्य घाइतेलाई ५० हजार दिने घोषणा गरेका हुन् ।

सो घटनामा अहिलेसम्म आठ जनाको मृत्यु भइसकेको र करिब ५० जनाको अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

सम्बन्धित खबर